Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

अमेरिकामा चिनियाँ प्रोफेसरकाे गोली हानी हत्या

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए ।

प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए ।

उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ । प्रहरीले उनको हत्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको हत्यापछि आत्महत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड १९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर प्रहरीहरुले उनको हत्याको कारण कोभिड १९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.