अमेरिकामा चिनियाँ प्रोफेसरकाे गोली हानी हत्या

बिहिबार, बैशाख २५, २०७७, काठमाण्डाै । 

अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए ।

प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए ।

उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको बताइएको छ । प्रहरीले उनको हत्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको हत्यापछि आत्महत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड १९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर प्रहरीहरुले उनको हत्याको कारण कोभिड १९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै