नेपाल विद्यार्थी संघका नेता तथा ताहाचल क्याम्पस कमिटीका सभापती दिवाकर बाहाेरा लगायतकाे समुहले बैतडी घर भइ काठमाण्डाैमा अध्ययनरत विद्यार्थीहरूलाई राहत वितरण गरेकाे छ ।
नेताहरू दिवाकर बोहरा र नरेस बिस्टकाे पहलमा आज समस्यामा परेका विभिन्न ठाउँमा ४१ जना विद्यार्थीहरुलाइ राहत वितरण गरिएकाे हाे । राहत वितरणका लागी बैतडीका कांग्रेस नेता उत्तर बहादुर ऐर, हरिमोहन भण्डारी र अम्मर बिस्टले सहयाेग गरेकाे नेता बाेहाेराले बताए ।
बाेहाेरा लगायतकै पहलमा यस अघि पनि काठमाण्डाैमा अलपत्र परेका २०० जनालाई सुरक्षित रूपमा घरसम्म पुर्याइएकाे थियाे ।
