Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

User Photo बुधबार, जेष्ठ १४, २०७७
काठमाण्डाै ।

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.