Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

काठमाण्डाै ।

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading