Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

User Photo सोमवार, जेष्ठ १९, २०७७
काठमाण्डाै ।

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै रुकुम पश्चिमका युवाले बाँफिकोट गाउँपालिकामा बिरोध प्रर्दशन गरेका छन् । गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका-८ सोती घटनामा मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि दलित युवा प्रर्दशनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले हत्यारालाई कारबाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्न पाइदैन, पीडितलाई न्याय नदिने सरकार हामीलाई चाहिँदैन, मृतकलाई सहिद घोषणा गरलगायतका नारा लगाउँदै गाउँ परिक्रम गरेर विरोध गरेका हुन् ।

लकडाउनको प्रवाह नगरी उनीहरु न्यायका लागि प्रर्दशनमा उत्रिएको दलित युवा बिनाराम विकले बताए । राजनीतिक पहुँचका आधारमा घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै बिरोध प्रदर्शन गरिएको उनले बताए । घटनालाई तोडमोड हुन नदिन बाम्बारको खबरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्तासम्मको प्रभाव पर्न नहुने माग गरे ।

उक्त घटनामा नवराजसहित पाँचजनाको मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्ट रिपोर्ट समेत आइसकेको छ । पोष्टमार्टम रिपोर्टले समेत मृतकको पेटमा पानी नभएको देखाएकाले बाहिर नै हत्या गरेर भेरी नदीमा फालिएकाले दोषीलाई कारबाही हुनुपर्ने दलित अधिकारकर्मी दत्तबहादुर विकले बताए ।

लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका केटाकेटी विवाह गर्न लाग्दा दलित भएकै कारण हत्या गर्नु जघन्य अपराध भएकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनको माग छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.