Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

कोरोनाले अर्घाखाँचीमा १ को मृत्यु

हालसम्म कोरोना संक्रमणको मृत्युको विवरण

User Photo शुक्रबार, जेष्ठ ३०, २०७७
काठमाण्डाै ।

कोरोनाले थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।

मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १६ पुगेको बताए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.