
कोरोनाले थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।
मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।
स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १६ पुगेको बताए ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द