Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 26, 2026
बुधबार, जेष्ठ १३, २०८३

क्वारेन्टिनबाट घर फर्किएकाे भाेलीपल्ट लम्कीचुहाका एक पुरूषकाे मृत्यु

User Photo सोमवार, असार ८, २०७७
कैलाली ।

क्वारेन्टिनबाट घर पठाइएका कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षिय एक पुरूषकाे मृत्यु भएकाेछ । उनी लम्किचुहाकाे बाल सेवा माध्यामिक विद्यालय, चागाबाडी काे क्वारेन्टिनमा १३ दिन बसेर घर फर्किएका थिए ।

उनकाे क्वारेन्टिनबाट घर फर्किएकाे भाेलीपल्टै मृत्यु भएकाे हाे । क्वारेन्टिनमा र्‍यारिड टेष्ट (आरडिटी) परिक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएपछी उनलाई घर पठाएकाे थियाे ।

उनी स्थानीय बगनिया चोकनेर अचानक ढलेका थिए, त्यही मृत्यु भयाे । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ भने शव कसैलाई छुन दिइएको छैन ।

उनी जेठ २६ गते भारतबाट आएका थिए । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.