क्वारेन्टिनबाट घर पठाइएका कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षिय एक पुरूषकाे मृत्यु भएकाेछ । उनी लम्किचुहाकाे बाल सेवा माध्यामिक विद्यालय, चागाबाडी काे क्वारेन्टिनमा १३ दिन बसेर घर फर्किएका थिए ।
उनकाे क्वारेन्टिनबाट घर फर्किएकाे भाेलीपल्टै मृत्यु भएकाे हाे । क्वारेन्टिनमा र्यारिड टेष्ट (आरडिटी) परिक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएपछी उनलाई घर पठाएकाे थियाे ।
उनी स्थानीय बगनिया चोकनेर अचानक ढलेका थिए, त्यही मृत्यु भयाे । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ भने शव कसैलाई छुन दिइएको छैन ।
उनी जेठ २६ गते भारतबाट आएका थिए । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।
