Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

User Photo मङ्लबार, साउन ६, २०७७
काठमाण्डाै ।

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।

साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख २४ हजार ५७८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.