Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

तुइनबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु

User Photo बुधबार, साउन ७, २०७७
काठमाण्डाै ।

सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.