Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

लकडाउन खुलेसँगै सुरु भयो जाम

लकडाउन अन्त्य

User Photo बुधबार, साउन ७, २०७७
काठमाण्डाै ।

एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ ।

लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।

काठमाडौंका सडकमा निजी तथा सार्वजनिक सवारी साधनहरु बाक्लो संख्यामा देखिएका छन् । तिनको व्यवस्थापनमा ट्राफिक प्रहरी व्यस्त छन् ।

त्यसो त सरकारले लकडाउन खुकुलो बनाएदेखि नै काठमाडौंका सडकमा सवारी साधनहरु बढी नै देखिन्थे । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.