Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ

User Photo शुक्रबार, साउन २३, २०७७
झापा ।

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी प्रकाउ परेकाछन । घटना भएकाे १७ बर्ष सम्म फरार रहेका दुर्गा बहादुर थापा मगरलाई झापा प्रहरीले यहि श्रावण २२ गते पक्राउ गरेकाे हाे ।

झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले मिति २०७७।०४।२२ गते झापाकाे मेचिनगर न.पा वडा नं. १२, शहरेडाँगी स्थित आफन्तको घरमा लुकेर बसेकाे अवस्थामा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्र.ना.उ. राकेश थापाले जानकारी दिए ।

घटना पश्चात उनी काठमाण्डौ, भारतको कोलकत्ता, दार्जिलिङ लगायतका विभिन्न स्थानमा लुक्दै आएका थिए । प्रहरीले खाेजीरहेकै समयमा उनी वैदेशिक रोजगारीको लागि मलेसिया र दुबईमा समेत बसेर फर्किएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएकाे छ ।

पक्राउ पछी उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

२०६० साल कार्तिक २७ गते दुर्गा बहादुर थापा मगर लगायतकाे समुहले टाघनडुब्बा गा.वि.स. स्थित बिरीकलाल माझीकाे घरमै आक्रमण गरी कुटपिट गरेकाथिए । कुटपिटबाट घाईते बिरिकलाल माझीकाे चोटको कारण घटनाकाे केहिदिन पछी मृत्यु भएको थियाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.