
कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी प्रकाउ परेकाछन । घटना भएकाे १७ बर्ष सम्म फरार रहेका दुर्गा बहादुर थापा मगरलाई झापा प्रहरीले यहि श्रावण २२ गते पक्राउ गरेकाे हाे ।
झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले मिति २०७७।०४।२२ गते झापाकाे मेचिनगर न.पा वडा नं. १२, शहरेडाँगी स्थित आफन्तको घरमा लुकेर बसेकाे अवस्थामा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्र.ना.उ. राकेश थापाले जानकारी दिए ।
घटना पश्चात उनी काठमाण्डौ, भारतको कोलकत्ता, दार्जिलिङ लगायतका विभिन्न स्थानमा लुक्दै आएका थिए । प्रहरीले खाेजीरहेकै समयमा उनी वैदेशिक रोजगारीको लागि मलेसिया र दुबईमा समेत बसेर फर्किएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएकाे छ ।
पक्राउ पछी उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
२०६० साल कार्तिक २७ गते दुर्गा बहादुर थापा मगर लगायतकाे समुहले टाघनडुब्बा गा.वि.स. स्थित बिरीकलाल माझीकाे घरमै आक्रमण गरी कुटपिट गरेकाथिए । कुटपिटबाट घाईते बिरिकलाल माझीकाे चोटको कारण घटनाकाे केहिदिन पछी मृत्यु भएको थियाे ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द