Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

च्याम्पियन्स लिग : बार्सिलोनाको पोस्टमा वार्यनको ८ गोल

User Photo शनिबार, साउन ३१, २०७७
काठमाण्डाै ।

यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।

८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेलको अन्तिमतिर ८५औं र ८९औं मिनेटमा यसै सिजन मात्रै बार्सिलोनाबाट वार्यन गएका ब्राजिलियन मिलफिल्डर फिलिप कोटिन्होले गोल गर्दा बार्सिलोना जल्जास्पद हार व्यहोर्न बाध्य भयो ।

यस सिजन बार्सिलोना उपाधिबिहनी बन्न पुगेको छ । स्पेनिस लिग ला लिगामा उप विजेता मै सीमित भएको बार्सिलोना स्पेनको पुरानो प्रतियोगिता कोपा डेल रेमा पनि अघि बढ्न सकेन ।

यसअघि फ्रान्सेली क्लब पीएस्सजी र जर्मन क्लब लाइप्जिग सेमिफाइलनमा पुगिसकेका छन् । आइतबार बिहान इङ्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लिओनबीच प्रतिस्पर्धा हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.