Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

अभिभाबक र विधार्थीहरुको पहिलो रोजाईमा पर्दै भेनस

जीवनको परीक्षा पास गर्न भेनस कलेज - क्याम्पस प्रमुख कृष्ण गौतम

User Photo बिहिबार, भदौ ११, २०७७
काठमाण्डाै ।


११ भदौ, काठमाण्डौ, काठमाण्डौको उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर- ८ बेसिगाउँमा रहेको भेनस नेसनल कलेजमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकाय र कानुन विषयमा भर्नाका शुरु भएको छ । हाल कोभिड-१९ का कारण अनलाइन दर्ता गर्न सकिने क्याम्पस प्रमुख कृष्ण गौतमले जानकारी दिएका छन्। यस सूचना र प्रविधिको युगमा सम्पूर्ण अध्ययन अध्यापन कार्यक्रमलाई प्रविधिमैत्री किसिमले दिन जोड दिईएको उनको दावी छ।

कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलता लाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले क्रियाकलापहरुमा पनि जोड दिईरहेको छ । यसका लागि कलेजको शैक्षिक, भौतिक वातावरण सिकाई मैत्री रहेको क्याम्पस प्रमुखले बताए । हाल कलेजले कोरोना माहामारी पछिको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई शैक्षिक गतिविधिबाट टाढा रहनु पर्ने जोखिम कम गर्दै सूचनाप्रविधि मार्फत कक्षा संचालन गरी अनलाइन शिक्षा दिईरहेको छ । सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि गोकणेश्वर नगरकै नमुना कलेजले मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति लिएको क्याम्पस प्रमुख गौतमले नयाँ मिडियालाई जानकारी दिए । साथै एर्सइई परिक्षामा जिपिए ४ ल्याउने विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यबस्था गरिएको कलेज प्रशासनले बताएको छ ।

अहिलेको युग सुचना तथा प्रविधिको भएकाले प्रविधिमैत्री कलेज बनाउन लागि परेको बताउदै यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षक-शिक्षिकाहरुलाई अभिमुखिकरण तालिम अनलाइन मार्फत नै संचालन भैरहेको जानकारी दिए। लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको पढ्ने बानीमा कमी नहोस भनि नयाँ रचनात्मक कार्यका साथै विधार्थीको अन्तर्निहित क्षमता र ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि अनलाइन कक्षा संचालन गरिरहेको बताए । कोरोना संक्रमण बढीरहेको अवस्थामा घरमा बसेर तनाव झेलिरहेका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भनि कलेजले अनलाइन कक्षा संचालन गरिरहेको क्याम्पस प्रमुख गौतमले बताए।

उनले सम्पूर्ण एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कम शुल्कमा डाउन टाउन मैत्री शिक्षा प्राप्त गर्न भेनस कलेजलाई रोज्नका लागि उनले अनुरोध गरेका छन्। उनले “न्युन शुल्कमा गुणस्तरीय शिक्षा” भेनसको पहिलो प्राथमिकतामा भएको बताउदै भेनस ले (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टर्स सम्मको नीति लिएको पनि उनले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.