बुधबार साझ परेको अबिरल बर्षाका कारण भएको क्षति बाट पिडित बनेका २० घर परिवारलाई रानिजरुवा सामुदायिक बन उपभोक्ता समुहले राहात वितरण गरेको छ ।
बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ मा रहेको साे बनले साेहि वडाको बुटकाैवा टाेलका २० घर परिवार लाई उत्त राहात वितरण गरेको हाे ।
राहात मा सम्पूर्ण २० परिवारलाई समान रुपमा १० केजी चामल,१ केजि दाल १ केजि नुन र १ लिटर खाने तेल वितरण गरियकाे सामुदायिक बनका अध्यक्ष लाल सिह बिश्वकर्मा ले जानकारी दिनु भएको छ ।
बिश्वकर्मा का अनुसार याे प्रारम्भिक राहात ले पिडित परिवारलाई थाेरै भए पनि छाक टार्न सहयाेग हाेस भन्ने हेतुले उत्त परिणाम का सामाग्रि हस्तान्तरण गरियकाे हाे ।
बुधबार साझ परेको अविरल बर्षा को कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुटकौवा टोल का अधिकांस घरहरुमा बाडी पसि डुवान पर्नुका साथै खाद्यान्न ,भाडाकुडा ,लत्ताकपडा आदिको क्षति भएको छ ।
