
बुधबार साझ परेको अबिरल बर्षाका कारण भएको क्षति बाट पिडित बनेका २० घर परिवारलाई रानिजरुवा सामुदायिक बन उपभोक्ता समुहले राहात वितरण गरेको छ ।
बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ मा रहेको साे बनले साेहि वडाको बुटकाैवा टाेलका २० घर परिवार लाई उत्त राहात वितरण गरेको हाे ।
राहात मा सम्पूर्ण २० परिवारलाई समान रुपमा १० केजी चामल,१ केजि दाल १ केजि नुन र १ लिटर खाने तेल वितरण गरियकाे सामुदायिक बनका अध्यक्ष लाल सिह बिश्वकर्मा ले जानकारी दिनु भएको छ ।
बिश्वकर्मा का अनुसार याे प्रारम्भिक राहात ले पिडित परिवारलाई थाेरै भए पनि छाक टार्न सहयाेग हाेस भन्ने हेतुले उत्त परिणाम का सामाग्रि हस्तान्तरण गरियकाे हाे ।
बुधबार साझ परेको अविरल बर्षा को कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुटकौवा टोल का अधिकांस घरहरुमा बाडी पसि डुवान पर्नुका साथै खाद्यान्न ,भाडाकुडा ,लत्ताकपडा आदिको क्षति भएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द