Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

उधारो जिन्दगी

बुधबार, जेष्ठ १२, २०७८
काठमाण्डाै ।

नगद खोज्दा खोज्दै भुल्छ मान्छे, जिन्दगी उधारो छ ।
यही जिन्दगी हो, कसैलाई दिक्क छ कसैलाई प्यारो छ ।

जसले जे गराेस, भाेगाेस, जन्म र मृत्यु त हुन्छ हुन्छ,
चाहेर पनि मृत्यु नपाउनहरूकाे जिन्दगी झन गाह्रो छ ।
केही गर्नेहरु नै संसार हल्लाउछन, सत्य यही हो तर
खाेज्दा अवसर नै नपाउनेहरूकाे जिन्दगी कति साह्रो छ ।

कति गुमनाम जिन्दगीमा पनि त, स्पष्ट उज्यालो हुन्छ
अपवाद होइन, कयौ नगद जिन्दगीमा पनि अध्यारो छ ।
बाच्न मन हुनेले पनि मर्नुपर्छ, मन नहुनेले पनि मर्नुपर्छ
सत्यको बोध यहि हो, हरेकको जिवनमा अप्ठ्यारो छ ।

नगद खोज्दा खोज्दै भुल्छ मान्छे, जिन्दगी उधारो छ ।
यही जिन्दगी हो, कसैलाई दिक्क छ कसैलाई प्यारो छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.