नगद खोज्दा खोज्दै भुल्छ मान्छे, जिन्दगी उधारो छ ।
यही जिन्दगी हो, कसैलाई दिक्क छ कसैलाई प्यारो छ ।
जसले जे गराेस, भाेगाेस, जन्म र मृत्यु त हुन्छ हुन्छ,
चाहेर पनि मृत्यु नपाउनहरूकाे जिन्दगी झन गाह्रो छ ।
केही गर्नेहरु नै संसार हल्लाउछन, सत्य यही हो तर
खाेज्दा अवसर नै नपाउनेहरूकाे जिन्दगी कति साह्रो छ ।
कति गुमनाम जिन्दगीमा पनि त, स्पष्ट उज्यालो हुन्छ
अपवाद होइन, कयौ नगद जिन्दगीमा पनि अध्यारो छ ।
बाच्न मन हुनेले पनि मर्नुपर्छ, मन नहुनेले पनि मर्नुपर्छ
सत्यको बोध यहि हो, हरेकको जिवनमा अप्ठ्यारो छ ।
नगद खोज्दा खोज्दै भुल्छ मान्छे, जिन्दगी उधारो छ ।
यही जिन्दगी हो, कसैलाई दिक्क छ कसैलाई प्यारो छ ।