देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएका छन्।
जसमा काठमाडाैं मात्र ३ सय ९४ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना थपिएका छन्। आज देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। त्यस्तै पछिल्लो एक दिनमा ९ सय १८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
त्यस्तै ७ हजार ९ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका गाैतमले जानकारी दिए। आज देशभर ११ हजार १ सय ६७ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै हाल देशभरका क्ववारेन्टाइनमा ५ हजार ४ सय ८० जना बसेका छन्। साथै हालसम्म ६८ दशमलव ८ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।
