काठमाडाैं उपत्यकामा थपिए ४ सय ६४ कोरोना संक्रमित

देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएका छन्।

जसमा काठमाडाैं मात्र ३ सय ९४ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना थपिएका छन्। आज देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। त्यस्तै पछिल्लो एक दिनमा ९ सय १८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै ७ हजार ९ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका गाैतमले जानकारी दिए। आज देशभर ११ हजार १ सय ६७ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै हाल देशभरका क्ववारेन्टाइनमा ५ हजार ४ सय ८० जना बसेका छन्। साथै हालसम्म ६८ दशमलव ८ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बुध, भदौ २४, २०७७ (September 9, 2020, 4:49 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै