Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको मोहन्याल गाउँपालिका ७ को बाका खोलामा पक्की पुलको सिलान्यास

४ करोड ६ लाखमा निर्माण हुने पुल ३५ मिटरको हुने,ठेकेदारले १८ महिनामा काम सक्नु पर्ने

User Photo बिहिबार, कार्तिक २०, २०७७
लम्की,कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिका ७ को बाकामा रहेको पानि खोलामा पक्की पुलको सिलान्यास गरिएको छ । बिगत लामो समय देखि पुल नहुदा निकै कष्टकर यात्रा गर्न बाध्य स्थानिय हरु लाई पुल बनेमा निकै सजिलो छ । ४ करोड ६ लाखमा निर्माण हुने पुल ३५ मिटरको हुनेछ ।
सुदुरपश्चिम प्रदेशका भौतिक मन्त्री तथा पुर्वाधार मन्त्री पठान सिंह बोहराले पुलको सिलान्यास गर्नु भएको हो ।

पुल सिलान्यास कार्यक्रममा बोल्दै भौतिक मन्त्री बोहराले मोहन्याल गाउपालिका जाने सागुडे खोला,बादे खोला र टिउरे खोलामा क्रमश पक्की पुल बनाउने र चिसापानी देखि अछाम जोडने बाटोलाई गौरवको योजनामा हालेर काम अगाडी बढाउने बताउनु भएको थियो ।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारि दिएको जानकारी अनुसार ठेकेदार कम्पनिले काम सुरु गरि सकेको र १८ महिना भित्र काम सक्नु पर्ने छ । ठेकेदारले पुल निर्माण गरि आगामी २०७८ सालको पौषमा पुल हस्तान्तरण गरि सक्नु पर्ने छ ।

कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापाले मोहन्यालको विकासमा आफुहरु निरन्तर लागेको बताउदै विभिन्न योजना पार्न पहल गर्ने र प्रदेश सरकार सङ्ग अन्य योजनाको लागि माग गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहदुर थापा,गाउँपालिका अध्यक्ष अध्यक्ष नवल सिंह रावल,वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारी,वडा नम्बर ६ का अध्यक्ष टिकाराम भण्डारी ,राजनीति दलका प्रतिनिधि ,जनसमुदायको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.