
कैलालीको मोहन्याल गाउँपालिका ७ को बाकामा रहेको पानि खोलामा पक्की पुलको सिलान्यास गरिएको छ । बिगत लामो समय देखि पुल नहुदा निकै कष्टकर यात्रा गर्न बाध्य स्थानिय हरु लाई पुल बनेमा निकै सजिलो छ । ४ करोड ६ लाखमा निर्माण हुने पुल ३५ मिटरको हुनेछ ।
सुदुरपश्चिम प्रदेशका भौतिक मन्त्री तथा पुर्वाधार मन्त्री पठान सिंह बोहराले पुलको सिलान्यास गर्नु भएको हो ।
पुल सिलान्यास कार्यक्रममा बोल्दै भौतिक मन्त्री बोहराले मोहन्याल गाउपालिका जाने सागुडे खोला,बादे खोला र टिउरे खोलामा क्रमश पक्की पुल बनाउने र चिसापानी देखि अछाम जोडने बाटोलाई गौरवको योजनामा हालेर काम अगाडी बढाउने बताउनु भएको थियो ।
मोहन्याल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारि दिएको जानकारी अनुसार ठेकेदार कम्पनिले काम सुरु गरि सकेको र १८ महिना भित्र काम सक्नु पर्ने छ । ठेकेदारले पुल निर्माण गरि आगामी २०७८ सालको पौषमा पुल हस्तान्तरण गरि सक्नु पर्ने छ ।
कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापाले मोहन्यालको विकासमा आफुहरु निरन्तर लागेको बताउदै विभिन्न योजना पार्न पहल गर्ने र प्रदेश सरकार सङ्ग अन्य योजनाको लागि माग गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहदुर थापा,गाउँपालिका अध्यक्ष अध्यक्ष नवल सिंह रावल,वडा नम्बर ७ का अध्यक्ष खर प्रसाद अधिकारी,वडा नम्बर ६ का अध्यक्ष टिकाराम भण्डारी ,राजनीति दलका प्रतिनिधि ,जनसमुदायको उपस्थिति रहेको थियो ।