Naya Media
शुक्रबार, असार १२, २०८३
| | June 25, 2026
शुक्रबार, असार १२, २०८३

कैलालीको लम्कीचुहा १० चुहामा १५ शैयाको अस्पताल शिलान्यास

User Photo बुधबार, मंसिर १७, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १० चुहामा १५ शैयाको अस्पतालको मंगलबार एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । लम्कीचुहाको चुहामा लम्कीचुहा नगरपालीकाले निमार्ण गरिरहेको ५० शैया अस्पताल भएकै ठाउँमा १५ शैया अस्पतालको उद्घाटन गरिएको हो ।
अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री नवराज रावतले जे आवश्यकता थियो त्यो कुरा आधारभुत तहमा स्वास्थ्य सेवा दिन नेपाल सरकारले ३९६ स्थानमा ५,१०र १५ शैयाका अस्पतालको शिलान्यास गरेको बताउनु भयो ।

कैलाली क्षेत्र नम्बर २ का संघिय सांसद झपट रावलले चुनावका बेला जनताका बिचमा बाचा गरेका धेरै कुरा सुरु गरेको र ति मध्ये धेरै कुरा गरेको र बाकीँ रहेका काम पनि गर्ने बताउनु भयो ।

जिल्ला समन्वय समिति कैलाली सभापति सुर्य बहादुर थापाले विकास भनेको सबैले मिलेर गर्नु पर्ने बताउदै नेपाल सरकार पनि त्यहीँ अनुसार अगाडि बढेको बताउनु भयो ।

लम्कीचुहा नगरपालीकाका नगर प्रमुख महादेव बजगाईले जनतालाई स्वास्थ्य सेवा दिने उद्धेश्यले लम्कीचुहा अस्पताल संन्चालनमा ल्याएको र नगरपालीकाले सुरु गरेको काममा संघिय सरकारले सहयोग गरेकोमा धन्यबाद दिनुभयो ।

अन्य स्थानिय तहमा सोमबार नै ५,१०,१५ शैया अस्पतालको उद्घाटन भइसकेका छन् ।

← Back

Thank you for your response. ✨


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.