
कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १० चुहामा १५ शैयाको अस्पतालको मंगलबार एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । लम्कीचुहाको चुहामा लम्कीचुहा नगरपालीकाले निमार्ण गरिरहेको ५० शैया अस्पताल भएकै ठाउँमा १५ शैया अस्पतालको उद्घाटन गरिएको हो ।
अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री नवराज रावतले जे आवश्यकता थियो त्यो कुरा आधारभुत तहमा स्वास्थ्य सेवा दिन नेपाल सरकारले ३९६ स्थानमा ५,१०र १५ शैयाका अस्पतालको शिलान्यास गरेको बताउनु भयो ।
कैलाली क्षेत्र नम्बर २ का संघिय सांसद झपट रावलले चुनावका बेला जनताका बिचमा बाचा गरेका धेरै कुरा सुरु गरेको र ति मध्ये धेरै कुरा गरेको र बाकीँ रहेका काम पनि गर्ने बताउनु भयो ।
जिल्ला समन्वय समिति कैलाली सभापति सुर्य बहादुर थापाले विकास भनेको सबैले मिलेर गर्नु पर्ने बताउदै नेपाल सरकार पनि त्यहीँ अनुसार अगाडि बढेको बताउनु भयो ।
लम्कीचुहा नगरपालीकाका नगर प्रमुख महादेव बजगाईले जनतालाई स्वास्थ्य सेवा दिने उद्धेश्यले लम्कीचुहा अस्पताल संन्चालनमा ल्याएको र नगरपालीकाले सुरु गरेको काममा संघिय सरकारले सहयोग गरेकोमा धन्यबाद दिनुभयो ।
अन्य स्थानिय तहमा सोमबार नै ५,१०,१५ शैया अस्पतालको उद्घाटन भइसकेका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द