जसको कोहि छैन त्यसको हामी छौ अभियान अन्तर्गत लम्की चुहा नगरपालिका वडा नम्बर १ थपालिपुर निबासी आर्थिक र शारीरिक रुपमा अपाङ्ग धन बहादुर बिकको आवास गृह निर्माणको लागि युवा व्यावसायि बल बहादुर रावलले नगद रु १० हजार सहयोग गर्नु भएको छ ।
लम्की क्षेत्रका केही युवाहरुले अहिले जसको कोहि छैन त्यसको हामी भन्ने अभियान चलाएर पिडितहरुको आवस निर्माण गरिरहेका छ्न ।
यो अभियान निकै राम्रो अभियान भएको बताउदै रावलले सहयोग गर्नु भएको हो । यो अभियानमा साथ दिन उहाँले सबैलाई आग्रह समेत गर्नु भयो ।
राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य नेत्र भण्डारीको संयोजकत्वमा यो अभियान अभियान चलाएर अहिले पालिका भरी ५ वटा घर निर्माण कार्यको थालनी गरिएको छ भने अन्य घरहरु निर्माण पनि बिस्तारै बनाउदै जाने अभियानका अभियान्ता युवा व्यावसायि सन्तोष कुमार ओलिले बताउनु भयो ।
