Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

फेरि देखियो यूएफओ- एलियन पृथ्वीमा आएकाे खगोलविदकाे दावी

User Photo बुधबार, पुस २२, २०७७
काठमाण्डाै ।

हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि थप अनुसन्धान हुन सकेको छैन।

यसबारे कहिलेकाहीँ विज्ञान र खगोलशास्त्रका ज्ञाताहरुले आफ्नो वक्तव्य दिँदा सामान्यजनमा यसप्रति विशेष चासो देखिनु स्वाभाविक नै हो। केही समय पहिला इजरायलका एकजना खगोलविदले एलियन पृथ्वीसंग सम्पर्कमा रहेको दावी गरेर तहल्का मच्चाइदिएका थिए। संसारभरिका मिडियाले उनको कुरालाई चाहिनेभन्दा बढी नै महत्त्व दिए।

यसैगरी हार्वर्ड यूनिभर्सिटीको एस्ट्रोनॉमी डिपार्टमेन्टका प्रोफेसर अवी लोएब (Avi Loeb) ले भर्खरै मात्र एलियन र उनका पृथ्वीमा आउने यान (यूएफओ – अन आइडेंटिफाइड अब्जेक्ट) बारे खुलासा गरेर संसारभरिको मिडियामा तरंग ल्याई दिए। प्रोफेसर लोयबले १९ अक्टूबर २०१७ मा पृथ्वीबाट देखिने गरी पास भएकाे अन्तरिक्ष चट्टान Oumuamua लाई सामान्य ऐस्टेरॉयड नभएर एलियनले फ्याँलेको चट्टान अथवा एलियनशिप नै भएको दावी गरेका छन। सिगारको आकृति झैँ रहेको Oumuamua लाई युनिभर्सिटी अफ हवाईको PAN -STARRS १ टेलिस्कोपले देखेको थियो। हुन त प्रोफेसरको दावी झै यसको चरित्र अन्य ऐस्टेरॉयड भन्दा बेग्लै रहेको थियो। ‘एक्स्ट्राटेरेस्ट्रियलः द फर्स्ट साइन ऑफ इंटेलिजेंट लाइफ बेयॉन्ड अर्थ’ (Extraterrestrial: The First Sign of Intelligent Life Beyond Earth) नामक पुस्तकमा उनले यसको बृहद चर्चा गरेका थिए। यसै सिरिजमा उनको आउने नयाँ पुस्तकमा यस विषयमा थप चर्चा गरिएका छन्।

एलियन र उनका यान विषयक चर्चाका क्रममा एउटा नयाँ अध्याय थपिएको छ। घटना हवाईको ओहाऊ (O’ahu) भन्ने स्थानको हो। गत २९ दिसम्बरको रात्रि त्यहाँका मानिसले आकाशबाट एउटा चम्किलो वस्तु आउदै गरेको देखे। देख्दा देख्दै त्यो वस्तु समुद्रमा विलीन भयो। संयोगले यस अद्भुत घटनालाई कारमा यात्रा गरिरहेकी मोरिअह नामक महिला र उनका पतिले छायांकन गर्ने अवसर पाए। त्यहाँका मिडियाले यस भिडियोलाई प्रसारण गरेका छन्। मोरिअह भन्छिन् त्यो वस्तु टेलीफोनको खम्बाभन्दा पनि ठूलो थियो र त्यो धेरै तीब्र गतिले पृथ्वीतिर आइरहेको थियो। पहिला त उनलाई कुनै हवाइजहाज जस्तो लाग्यो तर वस्तुको गतिबाट कुनै किसिमको ध्वनि नभएकाले उनले तुरुन्तै यो हवाइजहाज नभएको लख काटिन्। उनका अनुसार त्यो वस्तु तीब्रगतिका साथ समुद्रमा पस्यो।

हवाईको त्यस क्षेत्रमा कुनै हवाई जहाज हराएको समाचार छैन। मोरिअहका अतिरिक्त यस घटनालाई हवाईका थुप्रै मानिसले देखेको कुरा प्रकाशमा आएको छ।

यस घटनाबारे कैयन वैज्ञानिकको भनाइ छ यो पृथ्वीमा खसेको कुनै उल्कापिण्ड हुन सक्छ। तर यस भनाइलाई समर्थन गर्ने कुनै बलियो आधार छैन। संसारका कुनै पनि स्पेस एजेन्सीले उल्कापिण्ड खसेको भनेका छैनन्। स्पेस एजेन्सीले पृथ्वीको कुनै पनि क्षेत्रमा खसेको उल्का पिण्डबारे खस्ने क्रममै जान्न सक्छन्। यस घटना पछि हवाईका मानिसमा एलियनलाई लिएर कौतुहलताका साथै डर र त्रासको भावना बढेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.