Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

प्रचण्ड–माधव पक्षले विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने

User Photo बुधबार, पुस २२, २०७७
काठमाण्डाै ।

संसद विघटनकोे विरोधमा संघर्ष सुरु गरेको नेकपाको प्रचण्ड–माधव पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया राखिएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले बताए । ‘हामीले सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई अन्तरक्रियामा निमन्त्रणा गरेका छौँ । यो विषय सबैको साझा विषय भइसकेको छ,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पौडेलको भनाइ छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव समुह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका सबै दलहरु आन्दोलनमा उत्रिएका छन् । संसद विघटन असंवैधानिक तथा आलोकतान्त्रिक भन्दै संसद सुचारु नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.