संसद विघटनकोे विरोधमा संघर्ष सुरु गरेको नेकपाको प्रचण्ड–माधव पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया राखिएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले बताए । ‘हामीले सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई अन्तरक्रियामा निमन्त्रणा गरेका छौँ । यो विषय सबैको साझा विषय भइसकेको छ,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पौडेलको भनाइ छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव समुह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका सबै दलहरु आन्दोलनमा उत्रिएका छन् । संसद विघटन असंवैधानिक तथा आलोकतान्त्रिक भन्दै संसद सुचारु नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।