Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेप्से परिसूचक ५ अंकले घट्यो, सेयर बजारमा तीव्र उतारचढाव

User Photo मङ्लबार, माघ ६, २०७७
काठमाण्डाै ।

साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो ।

नेप्सेपरिसूचक बढेर २३६२ सम्म पुगेको थियो । त्यसुपछि भने घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५.५७ अंकले घटेर बन्द भएको हो ।

कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार साढे ६ अर्बको कारोबार भएकोमा मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर मंगलबार किनबेच भए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.