
साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो ।
नेप्सेपरिसूचक बढेर २३६२ सम्म पुगेको थियो । त्यसुपछि भने घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५.५७ अंकले घटेर बन्द भएको हो ।
कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार साढे ६ अर्बको कारोबार भएकोमा मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर मंगलबार किनबेच भए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द