Naya Media
आइतवार, जेष्ठ ३, २०८३
| | May 17, 2026
आइतवार, जेष्ठ ३, २०८३

लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ गीतका सर्जक धनबहादुर गन्धर्वको निधन

User Photo सोमवार, माघ १२, २०७७
काठमाण्डाै ।

‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् ।

५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका- १६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।

धनबहादुरले पोखरा महानगरपालिको सरकारी जागिरबाट गतवर्ष अवकाश लिएका थिए । उनले संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको गुरु भएर प्रशिक्षण समेत दिएका छन् ।

उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व संगीत पाठशाला प्रतिष्ठान’को समेत गठन गरेका थिए । यो प्रतिष्ठानको अध्यक्ष भएर उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.