
‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् ।
५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका- १६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।
धनबहादुरले पोखरा महानगरपालिको सरकारी जागिरबाट गतवर्ष अवकाश लिएका थिए । उनले संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको गुरु भएर प्रशिक्षण समेत दिएका छन् ।
उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व संगीत पाठशाला प्रतिष्ठान’को समेत गठन गरेका थिए । यो प्रतिष्ठानको अध्यक्ष भएर उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द