Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

हिमाल आरोहीलाई अवार्ड दिने प्रधानमन्त्रीकाे घोषणा

कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान

User Photo मङ्लबार, माघ १३, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्रीले अब उप्रान्त राज्यले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गर्नुभएकाे छ । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै उक्त घाेषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा बाेल्दै ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासन समेत दिनुभएकाे छ ।

माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गर्नुभएकाे थियाे । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उहाँले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गर्नुभयाे ।

‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भन्नुभयाे ।

केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताउनु भयाे ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.