
प्रधानमन्त्रीले अब उप्रान्त राज्यले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गर्नुभएकाे छ । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै उक्त घाेषणा गर्नुभएकाे हाे ।
कार्यक्रममा बाेल्दै ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासन समेत दिनुभएकाे छ ।
माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गर्नुभएकाे थियाे । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उहाँले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गर्नुभयाे ।
‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भन्नुभयाे ।
केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताउनु भयाे ।
नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द