Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

हेडक्वार्टरको सुरक्षा चुनौतिको विश्लेषणपछि न्यायाधीशका निम्ति थप सुरक्षा व्यवस्था

User Photo बुधबार, फाल्गुन ५, २०७७
काठमाण्डाै ।

राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमानहरूकाे विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको हो ।

हिजोदेखि एमिकश क्युरीका सदस्यले राय दिन थाल्नुअघि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको लागि प्रहरी हेडक्वार्टरस्थित सुरक्षा सेवा निर्देशनालयले सई र असई दर्जाको निजी सुरक्षा अधिकृत (पिएसओ) दिँदै आएको छ । सोमबारदेखि प्रतिनिधिसभा विघटनको सुनुवाईमा संलग्न संवैधानिक इजलाशका तीनजना न्यायाधीशको हकमा भने एक-एकजना सिपाही थप गरिएको छ । ती सिपाही महानगरीय प्रहरीको सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाईबाट खटिएका हुन् । प्रहरीले सर्वोच्चका श्रीमानको व्यक्तिगत सुरक्षा र घरमा निगरानीका लागि एक हवल्दार र तीन सिपाहीको सुरक्षा दस्ता खटाउने गर्दछ ।

त्यसमध्ये विश्वम्भर श्रेष्ठकोमा दरबन्दी अनुसारकै तैनाथी रहेको तर सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसँग एक–एक हवल्दारसहित दुई सिपाही मात्र राखिएको पाइयो । पुलिस हेडक्वार्टरले गरेको सुरक्षा चुनौतिको विश्लेषणपछि सोमबारै एक–एक सिपाही थप गरिएको हो । न्यायाधीशसँगै हिँड्ने पिएसओसँग १४ राउण्ड गोली लाग्ने एउटा अटोमेटिक इटालियन रिभल्वर हुन्छ ।

प्रहरीले पिएसओ खटिनेहरुलाई दुई किसिमका रिभल्वर (पेस्तोल) दिने गर्दछ । त्यसमध्ये भूपूहरुका हकमा चाइनिज रिभल्वर दिइएको छ । चाइनिज रिभल्वर इटालियनको तुलनामा केही पुरानो हो । चलाउन सहज र तीव्र गतिमा निशाना लाग्ने कारण बढी संवेदनशील पदाधिकारीलाई इटालियन अटोमेटिक रिभल्वर दिइन्छ । पुलिस हेडक्वार्टरले न्यायाधीशका पिएसओसँग हतियारको अवस्थाबारे सोधखोज गर्ने क्रमलाई पनि तीव्र पारेको छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.