Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

कञ्चनपुरका ट्राफिक इन्चार्ज भट्ट प्रदेशकै ट्राफिक व्यवस्थानमा उत्कृष्ट

User Photo बिहिबार, फाल्गुन ६, २०७७
लम्की, कैलाली ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज केशव राज भट्ट सुदूरपश्चिम प्रदेशकै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भएका छन ।

बुधबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज भट्टलाई सुदूरपश्चिम प्रदेशकै टाफिक व्यवस्थापनमा उत्कृष्ठ भएको घोषणा गर्दै पुरस्कार दिएको छ । प्रदेशकै उत्कृष्ठ ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै भट्टलाई नगद १५सयका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।

 सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले ट्राफिक प्रहरी निरीक्षक भट्टलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रहरी निरीक्षक भट्टले जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको इन्चार्जको जिम्मेबारी सम्हालेपछि जिल्लामा ट्राफिक व्यवस्थापनमा नौलोपन र दृर्घटना न्यूनिकरण भएको स्थानीयको भनाईछ ।

सवारी चालक अनुमति पत्र पाएकाहरुलाई भट्टकै पालादेखि अभिमुखिकरण समेत गराईरहेको सडकमा ट्राफिक चिन्हदेखि सचेतना कार्यक्रम सचालन गरेका भट्टको चौतर्फि प्रसंसा भईरहेको छ । यस अघि उनी काठमाण्डौँमा समेत ट्राफिक प्रहरीमा काम गरेर कञ्चनपुर इन्चार्ज भएर ६ महिना अघि कञ्चनपुर आएका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.