
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज केशव राज भट्ट सुदूरपश्चिम प्रदेशकै ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भएका छन ।
बुधबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ट्राफिक इन्चार्ज भट्टलाई सुदूरपश्चिम प्रदेशकै टाफिक व्यवस्थापनमा उत्कृष्ठ भएको घोषणा गर्दै पुरस्कार दिएको छ । प्रदेशकै उत्कृष्ठ ट्राफिक व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै भट्टलाई नगद १५सयका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले ट्राफिक प्रहरी निरीक्षक भट्टलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रहरी निरीक्षक भट्टले जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको इन्चार्जको जिम्मेबारी सम्हालेपछि जिल्लामा ट्राफिक व्यवस्थापनमा नौलोपन र दृर्घटना न्यूनिकरण भएको स्थानीयको भनाईछ ।
सवारी चालक अनुमति पत्र पाएकाहरुलाई भट्टकै पालादेखि अभिमुखिकरण समेत गराईरहेको सडकमा ट्राफिक चिन्हदेखि सचेतना कार्यक्रम सचालन गरेका भट्टको चौतर्फि प्रसंसा भईरहेको छ । यस अघि उनी काठमाण्डौँमा समेत ट्राफिक प्रहरीमा काम गरेर कञ्चनपुर इन्चार्ज भएर ६ महिना अघि कञ्चनपुर आएका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द