कैलालीको लम्की चुहा २ भल्कामा नेकपा एमाले पार्टी कार्यालय उदघाटन गरिएको छ । पछिल्लो समय नेकपा मावबादी केन्द्र र एमाले ब्युतिएपछि विभिन्न ठाउमा ब्यानर टाग्ने र पार्टी कार्यालय उदघाटन भइरहेका छ्न ।
कैलाली लम्किमा पनि एमाले अध्यक्ष केपि ओलि पक्षहरुले पार्टी कार्यालय उदघाटन गरेका हुन ।
नेकपा अध्यक्ष कैलाली अध्यक्ष रतन थापाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि नेता कार्यकर्ताको उपस्थितिमा उदघाटन गरेको एमालेका मीन बहादुर रावलले बताउनु भयो । कार्यक्रममा नेताहरु दल बहादुर बिष्ट,दान बहादुर बिक चित्रण,पदम चौलागाईं,पदम बिक,तुला थापा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
