Naya Media
आइतवार, असार १४, २०८३
| | June 28, 2026
आइतवार, असार १४, २०८३

एमाले बचाउने अस्त्र : जबजको उच्च प्रयोग र माधब नेपाललाई ‘सुधार गृह’

बुधबार, चैत्र ४, २०७७
काठमाण्डाै ।

नेकपा एमाले चरम आन्तरिक संघर्षबाट गुज्रिरहेको छ । सर्वोच्च अदालतको निर्णय पश्चात एमाले, २०७४ जेठ ०२ गतेको मितिमा फर्कीएको छ र तत्कालीन अवस्थाका दुई पक्षविच टकराव यथावत रहँदा पार्टी विभाजन हुने हो या आन्तरिक एकता सुधृढ गर्दै मजबुत एमाले निर्माण हुने हो भन्ने आँकलन सर्वत्र गर्न थालिएको छ ।

एकताको काम नसकिदै विभाजनमा पुगेको नेकपा र देशी बिदेशी षड्यन्त्रकारीको चलखेलले देशमा फेरि सधै अस्थिरताको बिजारोपण हुन्छ की भन्ने सर्वत्र चासो र चिन्ताको बिषय बन्न पुगेको छ । आपसी तानातानले पार्टी संगठन माथि देखि तलसम्म चल्न सकेको थिएन । पार्टीका अधिकांश नेता कार्यकर्ता पार्टी कामको अभावमा हात बाँधेर बस्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

पार्टीको प्रमुख आधार विचार हो । वैचारिक पाटोलाई नजर अन्दाज गरेर जनताको बहुदलीय जनवादको सार्थकतालाई बोध गर्दै जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको उक्त बिचारको उच्च प्रयोग हुनु आजको अर्को आवश्यकता ठहर्छ ।

पार्टी एकताको अर्को प्रमुख विषय पार्टी संगठन संगठित सदस्यताको हो । केही अपवादलाई छोडेर तत्कालीन नेकपा(एमाले)मा पार्टी सदस्यता प्राप्ति गर्ने प्रक्रिया पारदर्शी र विधानसम्मत थियो । केन्द्रदेखि तृणमूल तहमा पार्टी सदस्यताको रेकर्ड व्यवस्थित नेकपा एमालेलाई विभाजनको संकटबाट जोगाउन र आन्तरिक एकतालाई सुधृढ गर्न यि दुई ब्रम्हाश्त्रको प्रयोग अनिवार्य भसकेको छ ।

१) एक: जबजको उच्च प्रयोग

नेकपा (एमाले)लाई जनतामा आधारित प्रमुख राष्ट्रिय पार्टी बनाउन मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अतुलनीय योगदान रहेको छ । नब्बेको दशकमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्का पश्चात् नेकपा (एमाले) ले नौलो जनवाद मार्फत आफ्नो कार्यक्रमलाई बहुदलीय जनबाद बनायो । मदन भण्डारीले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेका थिए-“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद-साम्राज्यबाद बिरोधी जनबादी ब्यवस्था हो ।” उनले यसो पनि भनेका थिए की जबज भनेको नयाँ विशेषता सहितको नयाँ जनबाद नै हो । जबजलाई मार्गदशक सिद्धान्त बनाएपछि एमालेले आफ्नो पकडलाई विस्तार गर्दै लग्यो ।

मदनको हत्यापछि केपी शर्मा ओली, माधब नेपाल, ईश्वर पोखरेल र बामदेव गौतमले जबजको रक्षा र विकास गर्दै अगाडि बढे । जबजका आलोचक सि पी मैनाली बाहिरिए भने अर्का आलोचक झलनाथ खनाल जबरजस्त जबजको समर्थक बनेका थिए । तत्कालीन परिबेशमा माधब नेपाल सहि ठाँउमा उभीएका थिए तर अहिले त्यहि परिस्थिती रहेन । माधब, प्रचण्डको मतियार बन्न पुगी आफ्नो आवसरवादी एबं स्वार्थ केन्द्रित राजनीति छर्लंग पारेका छन, त्यसैले गर्दा उनको राजनीतिक भबिष्यमाथी र नैतिकतामाथी नै प्रश्न चिन्ह खडा गर्दिएको छ । गौरबशाली इतिहास बोकेको एमालेको प्रभुत्व सधै कायम राख्ने हो भने जबजका अनुयायी उल्लिखित नेताहरु एक ठाउँमा आउनै पर्दछ । आफ्ना आफ्ना कमी कमजोरी सुधारेर अघि बढ्नुपर्छ । नत्र बर्वादीको साक्षी बन्न तयार हुनुपर्दछ ।

२) माधब नेपाललाई सुधार्ने

“ढाडमा टेकेर टाउकोमा हान्ने” नीतिका सूत्रधार कमरेड प्रचण्डलाई नेकपाको एकता पछी कहिले केपी शर्मा ओलीले कहिले माधव नेपालले “बेड पार्टनर”बनाए । एमाले भित्रको घाँटी कटुवा प्रतिस्पर्धाको फाईदा उठाउन चतुर राजनीतिक खेलाडी प्रचण्डलाई बाँया हातको खेल थियो तर अन्तिम प्रयासले उनको राजनीतिक भबिष्य त धरापमा पार्यो संगसगै माधब नेपालको घटिया राजनीतिक चरित्रलाई उजागर गर्यो । जसले गर्दा दुई बर्षको अवधिमै नेकपामा महासंकट पैदा भयो र एकता नै समाप्त भयो । तर एमाले नेतृत्वले सदैव भुल्नुनहुने तथ्य थियो-कमरेड प्रचण्ड जातीय राज्य निर्माण गर्ने अभियानका नाइके र ध्वंशका नायक हुन् भन्ने यथार्थ । दु:खका साथ भन्नुपर्छ निर्माण उनको प्राथमिकता थिएन र होइन । उनले विगतमा आफू बसेको पार्टी ध्वंशगरे, माओवादी जनयुद्धमा अरु थुप्रै ध्वंश गरे ।

तर माधब नेपाल भने तिनै प्रचण्डले बुनेको जालको पासोमा परेर बिचारको राजनीतिलाई समेत तिलाञ्जली दिदै पदलोलुपको पगरी गुथ्न अग्रमोर्चामा खडा भए र प्रचण्डले नेतृत्व गरेको अराजकहरुको झुण्डमा समाहित हुन पुगे । त्यसकारण झट्ट सुन्दा अप्रिय लागे पनि नेकपा एमालेलाई विभाजनको थप संक्रमणबाट बचाउन र आन्तरिक एकतालाई मजबुत तुल्याउन जबजका अनुयायीहरु सजग बनेर माधब नेपाललाई केही समय राजनीतिक ‘सुधार गृह’मा राख्न सक्नु पर्दछ ।

अराजकहरुको झुण्डको नेतृत्व गरेका माओवादीका अध्यक्ष प्रचण्डको साथ छोडेर आएका माधब नेपाल जहासम्म ‘सुधार गृह’ बाट भाग्ने कुनै तागत राख्ने छैनन् । माधब नेपाललाइ केहि समय राजनीतिक सुधार गृहमा राखेर बिचलीत नहुने बनाउनु पर्दछ । नेकपा एमाले जोगियो भने समय क्रममा सबैको सहमतिले जो कोहि जवजवादीलाई पार्टीको सम्पुर्ण बागडोर सुम्पन नसकिने होइन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.