
नेकपा एमाले चरम आन्तरिक संघर्षबाट गुज्रिरहेको छ । सर्वोच्च अदालतको निर्णय पश्चात एमाले, २०७४ जेठ ०२ गतेको मितिमा फर्कीएको छ र तत्कालीन अवस्थाका दुई पक्षविच टकराव यथावत रहँदा पार्टी विभाजन हुने हो या आन्तरिक एकता सुधृढ गर्दै मजबुत एमाले निर्माण हुने हो भन्ने आँकलन सर्वत्र गर्न थालिएको छ ।
एकताको काम नसकिदै विभाजनमा पुगेको नेकपा र देशी बिदेशी षड्यन्त्रकारीको चलखेलले देशमा फेरि सधै अस्थिरताको बिजारोपण हुन्छ की भन्ने सर्वत्र चासो र चिन्ताको बिषय बन्न पुगेको छ । आपसी तानातानले पार्टी संगठन माथि देखि तलसम्म चल्न सकेको थिएन । पार्टीका अधिकांश नेता कार्यकर्ता पार्टी कामको अभावमा हात बाँधेर बस्नु पर्ने अवस्था उत्पन्न भएको छ ।
पार्टीको प्रमुख आधार विचार हो । वैचारिक पाटोलाई नजर अन्दाज गरेर जनताको बहुदलीय जनवादको सार्थकतालाई बोध गर्दै जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको उक्त बिचारको उच्च प्रयोग हुनु आजको अर्को आवश्यकता ठहर्छ ।
पार्टी एकताको अर्को प्रमुख विषय पार्टी संगठन संगठित सदस्यताको हो । केही अपवादलाई छोडेर तत्कालीन नेकपा(एमाले)मा पार्टी सदस्यता प्राप्ति गर्ने प्रक्रिया पारदर्शी र विधानसम्मत थियो । केन्द्रदेखि तृणमूल तहमा पार्टी सदस्यताको रेकर्ड व्यवस्थित नेकपा एमालेलाई विभाजनको संकटबाट जोगाउन र आन्तरिक एकतालाई सुधृढ गर्न यि दुई ब्रम्हाश्त्रको प्रयोग अनिवार्य भसकेको छ ।
१) एक: जबजको उच्च प्रयोग
नेकपा (एमाले)लाई जनतामा आधारित प्रमुख राष्ट्रिय पार्टी बनाउन मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अतुलनीय योगदान रहेको छ । नब्बेको दशकमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्का पश्चात् नेकपा (एमाले) ले नौलो जनवाद मार्फत आफ्नो कार्यक्रमलाई बहुदलीय जनबाद बनायो । मदन भण्डारीले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेका थिए-“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद-साम्राज्यबाद बिरोधी जनबादी ब्यवस्था हो ।” उनले यसो पनि भनेका थिए की जबज भनेको नयाँ विशेषता सहितको नयाँ जनबाद नै हो । जबजलाई मार्गदशक सिद्धान्त बनाएपछि एमालेले आफ्नो पकडलाई विस्तार गर्दै लग्यो ।
मदनको हत्यापछि केपी शर्मा ओली, माधब नेपाल, ईश्वर पोखरेल र बामदेव गौतमले जबजको रक्षा र विकास गर्दै अगाडि बढे । जबजका आलोचक सि पी मैनाली बाहिरिए भने अर्का आलोचक झलनाथ खनाल जबरजस्त जबजको समर्थक बनेका थिए । तत्कालीन परिबेशमा माधब नेपाल सहि ठाँउमा उभीएका थिए तर अहिले त्यहि परिस्थिती रहेन । माधब, प्रचण्डको मतियार बन्न पुगी आफ्नो आवसरवादी एबं स्वार्थ केन्द्रित राजनीति छर्लंग पारेका छन, त्यसैले गर्दा उनको राजनीतिक भबिष्यमाथी र नैतिकतामाथी नै प्रश्न चिन्ह खडा गर्दिएको छ । गौरबशाली इतिहास बोकेको एमालेको प्रभुत्व सधै कायम राख्ने हो भने जबजका अनुयायी उल्लिखित नेताहरु एक ठाउँमा आउनै पर्दछ । आफ्ना आफ्ना कमी कमजोरी सुधारेर अघि बढ्नुपर्छ । नत्र बर्वादीको साक्षी बन्न तयार हुनुपर्दछ ।
२) माधब नेपाललाई सुधार्ने
“ढाडमा टेकेर टाउकोमा हान्ने” नीतिका सूत्रधार कमरेड प्रचण्डलाई नेकपाको एकता पछी कहिले केपी शर्मा ओलीले कहिले माधव नेपालले “बेड पार्टनर”बनाए । एमाले भित्रको घाँटी कटुवा प्रतिस्पर्धाको फाईदा उठाउन चतुर राजनीतिक खेलाडी प्रचण्डलाई बाँया हातको खेल थियो तर अन्तिम प्रयासले उनको राजनीतिक भबिष्य त धरापमा पार्यो संगसगै माधब नेपालको घटिया राजनीतिक चरित्रलाई उजागर गर्यो । जसले गर्दा दुई बर्षको अवधिमै नेकपामा महासंकट पैदा भयो र एकता नै समाप्त भयो । तर एमाले नेतृत्वले सदैव भुल्नुनहुने तथ्य थियो-कमरेड प्रचण्ड जातीय राज्य निर्माण गर्ने अभियानका नाइके र ध्वंशका नायक हुन् भन्ने यथार्थ । दु:खका साथ भन्नुपर्छ निर्माण उनको प्राथमिकता थिएन र होइन । उनले विगतमा आफू बसेको पार्टी ध्वंशगरे, माओवादी जनयुद्धमा अरु थुप्रै ध्वंश गरे ।
तर माधब नेपाल भने तिनै प्रचण्डले बुनेको जालको पासोमा परेर बिचारको राजनीतिलाई समेत तिलाञ्जली दिदै पदलोलुपको पगरी गुथ्न अग्रमोर्चामा खडा भए र प्रचण्डले नेतृत्व गरेको अराजकहरुको झुण्डमा समाहित हुन पुगे । त्यसकारण झट्ट सुन्दा अप्रिय लागे पनि नेकपा एमालेलाई विभाजनको थप संक्रमणबाट बचाउन र आन्तरिक एकतालाई मजबुत तुल्याउन जबजका अनुयायीहरु सजग बनेर माधब नेपाललाई केही समय राजनीतिक ‘सुधार गृह’मा राख्न सक्नु पर्दछ ।
अराजकहरुको झुण्डको नेतृत्व गरेका माओवादीका अध्यक्ष प्रचण्डको साथ छोडेर आएका माधब नेपाल जहासम्म ‘सुधार गृह’ बाट भाग्ने कुनै तागत राख्ने छैनन् । माधब नेपाललाइ केहि समय राजनीतिक सुधार गृहमा राखेर बिचलीत नहुने बनाउनु पर्दछ । नेकपा एमाले जोगियो भने समय क्रममा सबैको सहमतिले जो कोहि जवजवादीलाई पार्टीको सम्पुर्ण बागडोर सुम्पन नसकिने होइन ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द