Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

User Photo मङ्लबार, चैत्र १७, २०७७
लम्की,कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवल सिंह रावको निधन भएको छ। काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार अध्यक्ष रावलको ७७ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि रक्त चापले ग्रसित  रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। गाउँपालिका अध्यक्ष रावलको निधन संगै मोहन्याल शोकमा डुबेको छ। सादा जीवन र उच्च बिचारका रावल मोहन्याली जनताका धरोहर थिए ।

सादा जिवन र उच्च विचार र निष्ठाको राजनीति गर्ने रावललाई , एक युग पुरुष र सच्चा कम्युनिस्ट नेताको रुप चिनिन्छ। आफ्नो पुरै जिबन देश र जनताको निम्ति त्याग गरेका रावल नेकपा एमालेका लोक प्रिय नेताको रूपमा पार्टीले चिन्ने र पार्टीलाई अतुलनीय क्षति भएको नेकपा एमाले नेता रतन थापाले बताए ।

२० वर्षको उमेर देखि सक्रिय राजनीतिमा लाग्नुभएका रावल नेकपा एमालेको बाट मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.