Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

मोहन्यालमा प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको खुशी, राेजगारी संगै विकास

User Photo सोमवार, बैशाख २७, २०७८
लम्की, कैलाली ।

नेपालमा कोरोनाको दोस्रो लहर चले सुरु भए सङ्गै मुलुकका अधिकांस जिल्लामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको बिचमा दिनभरी मजदुरी गरेर जिबिकोपार्जन गर्ने हरुको लागी यो निषेधाज्ञाले छाक टार्न नै धौ धौ पारेको छ।

यस्तै जटिलता कैलालीको मोहन्याल गाउँपालिकामा पनि देखिएको छ यो जटिलतामा सारथी बनेको छ प्रधानमन्त्री रोजगार कार्यक्रम,पालिकाका विभिन्न स्थानमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागी पारिश्रमिक आयोजनामा श्रमिकहरुले श्रम खर्चेर जिबिकोपार्जन गर्न सहज भएको छ।

पालिका भित्रका विभिन्न मोटरबाटोमा सोलिङ , चौतारी निर्माण ,खानेपानी पाइपलाइन बिस्तार देखी अन्य सार्बजनिक निर्माणका कार्यहरु भइ रहेका छ्न ।

मोटर बाटो सोलिङमा फलेबिसौना मोटर बाटो सोलिङ करिब ५ सय पचास मिटर,बडिखर्क देखी शान्तिपुर सम्मको मोटरबाटो सोलिङ दुई सय २०मिटर त्यसैगरी कचाली मिलन टोल देखी विद्यालय सम्मको बाटो सोलिङ १ सय मिटर,सुनपाले अजिङ्गरे मोटरबाटो सोलिङ दुई सय पचास मिटर सोलिङको कार्य श्रमिकहरुले गर्दै आएको मोहन्याल गाउपालिकाका रोजगार संयोजक एकेन्द्र भण्डारीले बताउनु भएको छ ।

त्यसै गरि अन्य ठाउँमा भइ रहेका भैराखेका आयोजना प्राबिधिक स्टेमेट अनुसार भैरहेको मोहन्याल गाउँपालिकाका प्राबिधिक सहायक नरेश शाहिले बताउनु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.