प्रधानमन्त्री रोजगार कार्यक्रम

मोहन्यालमा प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको खुशी, राेजगारी संगै विकास

सोमवार, बैशाख २७, २०७८, लम्की, कैलाली । 

नेपालमा कोरोनाको दोस्रो लहर चले सुरु भए सङ्गै मुलुकका अधिकांस जिल्लामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको बिचमा दिनभरी मजदुरी गरेर जिबिकोपार्जन गर्ने हरुको लागी यो निषेधाज्ञाले छाक टार्न नै धौ धौ पारेको छ।

यस्तै जटिलता कैलालीको मोहन्याल गाउँपालिकामा पनि देखिएको छ यो जटिलतामा सारथी बनेको छ प्रधानमन्त्री रोजगार कार्यक्रम,पालिकाका विभिन्न स्थानमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागी पारिश्रमिक आयोजनामा श्रमिकहरुले श्रम खर्चेर जिबिकोपार्जन गर्न सहज भएको छ।

पालिका भित्रका विभिन्न मोटरबाटोमा सोलिङ , चौतारी निर्माण ,खानेपानी पाइपलाइन बिस्तार देखी अन्य सार्बजनिक निर्माणका कार्यहरु भइ रहेका छ्न ।

मोटर बाटो सोलिङमा फलेबिसौना मोटर बाटो सोलिङ करिब ५ सय पचास मिटर,बडिखर्क देखी शान्तिपुर सम्मको मोटरबाटो सोलिङ दुई सय २०मिटर त्यसैगरी कचाली मिलन टोल देखी विद्यालय सम्मको बाटो सोलिङ १ सय मिटर,सुनपाले अजिङ्गरे मोटरबाटो सोलिङ दुई सय पचास मिटर सोलिङको कार्य श्रमिकहरुले गर्दै आएको मोहन्याल गाउपालिकाका रोजगार संयोजक एकेन्द्र भण्डारीले बताउनु भएको छ ।

त्यसै गरि अन्य ठाउँमा भइ रहेका भैराखेका आयोजना प्राबिधिक स्टेमेट अनुसार भैरहेको मोहन्याल गाउँपालिकाका प्राबिधिक सहायक नरेश शाहिले बताउनु भएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै