Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

निशुल्क एम्बुलेन्सका लागि युवा व्यापारी कपिल तिमिल्सेनाले दिए निजी कार

युवाहरुले सुरु गरे फूड बैंक

User Photo आइतवार, जेष्ठ १६, २०७८
लम्की, कैलाली ।

लम्की चुहा प्रतापपुरमा निशुल्क कार एम्बुलेन्स सेवा सुरु भएको छ ।  मनकारी युवा  ब्यापारी कपिल तिमिल्सेनाले आफ्नो गाडी  एम्बुलेन्स संचालन गर्न दिनु भएको हो ।

अहिले मानिसहरू लाई अस्पताल जान सवारी साधन नभको बेला केही सहज होस भन्ने उद्देश्यले कार लाई एम्बुलेन्सको रुपमा आफुले सुरु गरेको तिमिल्सेनाले बताउनु भयो । आफुले यो सेवा अलि केही अगाडी बाट सुरु गर्ने भनेपनि विविध कारणले अहिले संचालन गरेको बताउनु भयो ।

यस्तै प्रतापपुरका युवाहरूले  महामारीमा कसैको पनि पेट भोको नरहोस भनि फूड बैंक सेवा सुरु गरेका छ्न । साझ बिहान छाक टार्न मुस्किल भएकाहरू लाई केही सहज होस भन्ने उद्देश्यले फुट बैंक सुरु गरिएको हो ।

समस्यामा परेका लाई सहयोग गर्ने हेतुले हेल्प डेस्क को स्थापना समेत युवाहरूले गरेका छ्न ।  उक्त युवाको समुहमा अध्यक्षमा कपिल तिमिल्सेना, कार्यक्रम संयोजकमा हेमराज जोशी, दिपेश चौलागाई, भुपेन्द्र चौलागाई, झनक राज खनाल र प्रमोद मिश्र सदस्यमा रहेका छन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.