
लम्की चुहा प्रतापपुरमा निशुल्क कार एम्बुलेन्स सेवा सुरु भएको छ । मनकारी युवा ब्यापारी कपिल तिमिल्सेनाले आफ्नो गाडी एम्बुलेन्स संचालन गर्न दिनु भएको हो ।
अहिले मानिसहरू लाई अस्पताल जान सवारी साधन नभको बेला केही सहज होस भन्ने उद्देश्यले कार लाई एम्बुलेन्सको रुपमा आफुले सुरु गरेको तिमिल्सेनाले बताउनु भयो । आफुले यो सेवा अलि केही अगाडी बाट सुरु गर्ने भनेपनि विविध कारणले अहिले संचालन गरेको बताउनु भयो ।
यस्तै प्रतापपुरका युवाहरूले महामारीमा कसैको पनि पेट भोको नरहोस भनि फूड बैंक सेवा सुरु गरेका छ्न । साझ बिहान छाक टार्न मुस्किल भएकाहरू लाई केही सहज होस भन्ने उद्देश्यले फुट बैंक सुरु गरिएको हो ।
समस्यामा परेका लाई सहयोग गर्ने हेतुले हेल्प डेस्क को स्थापना समेत युवाहरूले गरेका छ्न । उक्त युवाको समुहमा अध्यक्षमा कपिल तिमिल्सेना, कार्यक्रम संयोजकमा हेमराज जोशी, दिपेश चौलागाई, भुपेन्द्र चौलागाई, झनक राज खनाल र प्रमोद मिश्र सदस्यमा रहेका छन ।