Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

चिनकाे नयाँ निती तीन सन्तान जन्माउन पाइने

User Photo सोमवार, जेष्ठ १७, २०७८
काठमाण्डाै ।

चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन । उक्त नीतिको दुई वर्ष जन्मदरमा केही वृद्धि देखिए पनि त्यसमा पुनः गिरावट देखिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.