Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

लम्कीचुहा कृषी शाखा द्वारा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण

User Photo बिहिबार, जेष्ठ २७, २०७८
कैलाली ।

साना व्यावसायिक उत्पादन केन्द्र (तरकारी पकेट) विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लम्किचुहा नगरपालीकाको कृषि साखाले लम्कि झुङगा कृषक समुहलाई कृषि सामाग्री हस्तातरण गरेको छ ।

लम्की चुहा कृषि साखाले साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम अन्तरगर्त सामाग्री हस्तातण गरीएको हो ।

जसमा पावरटिलर १ थान, अर्थाअगर २ थान, टनेल हाउस १७ वटा, स्प्रे ट्यान्की १७ वटा, इलेक्ट्रोनिक ट्यान्की १७ वटा, सिचाई मोटर ५ वटा लगायत अन्य बिषादी तथा बिउ बिजन हस्तातरण गरीएको हो । ८ लाख उक्त समुहको र ८ लाख लम्की चुहा नगरपालिकाको गरि १६ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तातरण पछी आफ्नो प्रतिक्रिया राख्दै लम्किचुहा नगरपालीकाका आर्थिक विकास समिति संयोजक तथा लम्किचुहा वडा नम्बर ८ का वडा अध्यक्ष पूर्ण बहादुर बिष्टले लम्किचुहा नगरपालीकाले अहीले कृषिमा लगानी गरेको बताउदै पहिला अनुदान पाएपछी मात्र खेति गर्ने तर आफै लगानी गरेको नदेखिएपछी अहीले आफुहरुले तेस्ता कुराको निगरानी गरेर केही परीवर्तन गरेको बताउनु भयो ।

लम्किचुहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष जनक बमले किसानहरुलाई अनुदानको भर मात्र नपर्न आग्रह गदै नगरपालीकाले सक्दो गर्ने बताउनु भयो ।

लम्किचुहा नगरपालीका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिक्रम चौधरी ले लम्कीचुहा कृषि साखाले किसानलाई सक्ने अनुदा र परामर्स दिएको बताउनु भयो ।

समाजसेबि देशराज चौधरीले किसानलाई बाली लगाउने प्राविधिक ज्ञान दिन जरुरी रहेको बताउनु भयो । कृषकले पनि सामाग्री पाउँदा खुशी व्यक्त गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा लम्की चुहाका कृषि प्राविधिक सुरेश ढुंगाना,नम्रता अधिकारी,कृषि बिज्ञ गिरिजा चौधरी लगायको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.